Ketaketi.org

Year 2

Font Problem

 
 

POEM: Bhanu Jogau Timro Amaravati

FONT PROBLEM!

We have used Nepali Unicode font. If the text is not readable then please download the font. Click here to download it.

 

भानु जोगाऊ तिम्रो अमरावती

अलिका महर्जन
वर्ष१४

 

हे भानु गर्दछु, बखान तिम्रो अमरावतीको

सुख शान्तिले भरिपूर्ण कान्तिपुरी नगरीको

चपला अवला सबै छन् डिस्को र होटलमा

आधा अङ्ग पनि नढाक्ने वस्त्र छ शरीरमा

मल मूत्र, ढल सबै मिसाउँछन् पवित्र बागमतीमा

धानका साटो घर फलाउदैछन् तिम्रो नगरीमा

हे भानु भएको छ तिम्रो अमरावती त काल्पनिकता

कान्तिपुरीले पाएको छ दुगन्धित नगरीको नागरिकता

हे भानु जन्म लिऊ फेरि यो सुन्दर जगत्मा

दाग लाग्नबाट बचाऊ तिम्रो सुन्दर अलकापुरीमा

हे भानु अब फेरि रचिदेऊ नयाँ नौलो काव्य कृति

जसले खुलाउँछ अमरावतीबासीको कुण्ठित बुद्धि

हे भानु आफ्नो कृतिले बढाऊ अमरावतीको सान

जाज्वल्यमान पारिदेऊ तिम्रो सुन्दर नगरीको नाम

अलकापुरी जोगाउन अब छ केबल तिम्रै हात

तिम्रा रचनामा नै छ यसको संरक्षण गर्ने साहस ।

Index of issue 10

Ý Top

 
© BSOFT NEPAL PVT. LTD. & Children's Literature Foundation Nepal (CLFN), All Rights Reserved
childacademy@gmail.com
Designed by Bibhor Baral for BSOFT Nepal Pvt. Ltd.