|
हजुरबादेखि नातिनीसम्मको जमघटमा केटाकेटी सम्मान समारोह
सम्पन्न
नेपालको पहिलो इन्टरनेट बालपत्रिका केटाकेटी डट
ओ
आर
जी
(ketaketi.org) को
आयोजनामा गत ०६१ असार २६ गते
शनिवार केटाकेटी सम्मान समारोह भव्यरुपमा सम्पन्न भयो ।
हजुरबादेखि नातिनीसम्मको मंचमा जमघ ट रहेको उक्त समारोहमा विभिन्न परिवेशका
बालबालिकालाई केटाकेटी
बालप्रतिभा
सम्मान प्रदान गर्नुकासाथै सुधा रिसाल
शर्माद्वारा
लिखित
दुइ
बालसाहित्यिक कृतिहरु फुच्चे भ्यागुता
(बालकथा)
र डा.
चिम्पु चिम्पाञ्जी
(बाल
उपन्यास)
को विमोचन सम्पन्न गरिएको
थिय ो ।
दुइ
गृहिणीहरु पुनुदेवी रिसाल र इन्दु आचार्यद्वारा कृति विमोचन गराइएको यस
समारोहको प्रमुख आतिथ्यता विलक्षण बालप्रतिभा श्लेष्मा क्षेत्रीले
गर्नुभएको थियो भने विशिष्ठ अतिथिका रुपमा वरिष्ठ अग्रज र्सजकहरु रमेश विकल,
कृष्णप्रसाद
पराजुली,
दैवज्ञराज न्यौपाने,
अशेष मल्ल
उपस्थित रहनुभएको
थियो
। सो समारोहमा चर्चित साहित्यकारहरु
उज्ज्वल जि.सी.
र प्रमोद प्रधानलाई क्रमशः जमर्को बाल साहित्य पुरस्कार र जमर्को
बालपत्रकारिता पुरस्कारद्वारा जनही नगद दश हजार एक रुपियांसहित पुरस्कृत
गरिएको थियो । समारोहमा चित्रकार शान्ता हिताङलाई जमर्को चित्रांकन
पुरस्कारबाट
नगद रु.
दश हजार एक रुपैया सहित पुरस्कृत गरिएको थियो
। विभिन्न परिवेशमा
बाँचिरहेका विलक्षण उत्कृष्ट बालप्रतिभाहरुलाई
'केटाकेटी
बालप्रतिभा'
सम्मान प्रदान गरिएको उक्त समारोहमा हातेमालो बाल क्लबका अध्यक्ष संजोग
ठकुरी,
घरेलु बालश्रमिक मंचका
अध्यक्ष सोनु चौधरी,
हकर बाल क्लबका अध्यक्ष सुनिल र्राई र ब्राइट फ्युचर मा.वि.की
सन्ध्या सिग्देललाई सम्मानित गरिएको थियो भने समारोहमा विमोचित दुइ
बालकृतिका लेखक सुधा रिसाल शर्मा,
सम्पादक कुसुम शर्मा र चित्रकार रश्मि अमात्य,
'शशी'
लाई क्रमशः केटाकेटी उत्कृष्ट लेखक सम्मान,
केटाकेटी बालपुस्तक सम्पादन सम्मान र केटाकेटी बालपुस्तक चित्रांकन
सम्मानद्वारा सम्मानित गरिएको थियो ।
केटाकेटी इन्टरनेट बालपत्रिकालाई निरन्तर सहयोग गर्नुहुने रुम टु रिड
नेपाललाई सम्मान पत्र प्रदान गरिएको यस समारोहमा अग्रज साहित्यकार शान्तदास
मानन्धरलाई मायाको
चिनो र्समर्पण गरिएको थियो ।
नारी
साहित्य प्रतिष्ठानका अध्यक्ष गीता कार्कीको सभापतित्वमा सम्पन्न यस
समारोहमा केटाकेटी पत्रिकाका आदरणीय सहयोगीहरु ब्राइट फ्युचर मा.वि.का
संस्थापक प्रवन्धक मोहन कार्की र भक्तपुर इ.स्कूलका
प्रिन्सिपल श्रीनारायण यादवलाई मायाको चिनो र्समर्पण गरिएको थियो ।
बालसाहित्यका क्षेत्रमा समर्पित प्रायः सबै व्यक्तित्वहरुको जमघट रहेको यस
समारोहमा बोल्दै आदरणीय र्सजक रमेश
विकलज्यूले यस समारोह नमूनाको समारोह
बन्न पुगेको धारणा व्यक्त गर्नुभएको थियो ।
साथै अग्रज आदरणीय र्सजक
कृष्णप्रसाद पराजुलीले नयाँ पुस्ता र पुरानो पुस्ताको वीचमा सौहार्दताका
लागि यस
किसिमका समारोह उल्लेख्य हुने धारणा राख्नुभएको थियो । साथै
समारोहमा
वरिष्ठ र्सजक दैवज्ञराज न्यौपाने,
अशेष मल्ल,
शान्तदास
मानन्धर लगायतले आ-आफ्नो
धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकी अध्यक्ष प्रतिभाशाली बालिका श्लेष्मा क्षेत्रीले यस किसिमको
समारोहले बालप्रतिभाहरुलाई अग्रजहरुको पदचाप पछ्याएर अघि बढ्न ठूलो हौसला
मिल्ने धारणा व्यक्त गर्दै केटाकेटी परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको
थियो ।
समारोहमा विमोचित पुस्तककी चित्रकार रश्मी अमात्यले कान सुन्न नसक्ने र
बोल्न नसक्ने भए पनि उनले उत्कृष्ट चित्रकला तयार गरेकोमा सबैले उनको
प्रशंसा गरेका थिए ।
नेपाली
बालसाहित्य र नेपाली बालबालिकाको पहिचानलाई विश्वसामु पुर्याउन
प्रकाशन आरम्भ गरिएको केटाकेटी इन्टरनेट बालपत्रिकाले आफ्नो काम निकै जोश
जाँगरका साथ गरिरहेकोमा सहभागी सबैले धन्यवाद व्यक्त गरे । बालप्रतिभालाई सम्मान गरी प्रोत्साहित गरी उनीहरुलाई अघि बढ्न हौसला
प्रदान गरेकोमा
'केटाकेटी'
परिवारको
सबैले
प्रशंसा गरेको उक्त समारोहमा जमर्को बालसाहित्य पुरस्कार
विजेता उज्वल
जि.सी.ले
आफ्नो पुरस्कार रकम समितिलाई नै फर्काइ बालप्रतिभाको हितमा खर्च गर्न
सदासयता देखाई राम्रो जमर्को गर्नुभएको थियो । |