|
प्यारा भाइवहिनी,
सुसाङ्खय
(Computer)
ले हाम्रो लागि अनेकौं गाह्रा तथा जटिल काम गरिदिएर हाम्रो जीवन नै
रमाइलो बनाइदिएको छ । असाध्यै जटिल हिसाव,
जसलाई मिलाउन हामीलाई घण्टौं लाग्न सक्छ,
सुसाङ्ख्यले त्यसलाई केही सेकेण्ड भित्रै मिलाइदिन्छ । हामीले जे-जे
आदेश दियो,
त्यही गरिदिन्छ । लाग्छ सुसाङ्खयले सबैकुरा बुझ्छ,
यो असाध्यै बुद्धिमान छ र यो संग हरेक समस्याको समाधान छ । तर,
वास्तविकता त्यो होइन ।
सुसाङ्ख्य त निर्जीव वस्तु हो । त्यसमा प्राण नै छैन अनि हामीस“ग
भएजस्तो चेतनशील मष्तिस्क हुने त कुरै भएन ।
‘त्यसो
भए कसरी सुसाङ्ख्यले हामीले भनेका कुराहरु ठीकसँग गरिदिन्छ त
?’
यो जिज्ञासा सबैमा आउन सक्छ र यो स्वभाविक पनि हो ।
वास्तवमा सुसाङ्ख्यमा प्राण भर्ने काम सफ्टवेर कार्यक्रम
(Softwar
Program)ले
गर्छन् । सफ्टवेर भनेको आदेशहरुको जंजाल हो । जसले सुसाङ्ख्यलाई
कस्तो-कस्तो
अवस्थामा के-के
गर्नुपर्छ भनेर विस्तृतरुपमा बताउँछन् । सफ्टवेरमा उल्लेखित
आदेशहरुभन्दा बाहेक हामी केही पनि काम सुसाङ्ख्यबाट गराउन सक्दैनौ ।
त्यसैले हामी सुसाङ्ख्यलाई केही गराउन चाहन्छौं भने,
त्यो कामसँग सम्बन्धित सफ्टवेर पनि सुसाङ्ख्यमा हाल्नु पर्छ । जस्तै-
तस्विरसँग सम्बन्धित काम गराउनुपर्यो
भने हामी सुसाङ्ख्यमा तस्विरको कामगराउने
(Photoshop)
फोटोसप जस्ता सफ्टवेर हाल्न सक्छौं ।
सुसाङ्ख्यले कुनै पनि काम ठीकसँग गर्नु वा बेठीकसँग गर्नुमा त्यसमा
हालिएको सफ्टवेरमा भर्रपर्छ । यदी सफ्टवेर ठीकढंगले लेखिएको अथवा
प्रोग्राम गरिएको छ भने त्यसले राम्रैसँग काम गर्छ,
अन्यथा त्यसले चाहेको जस्तो काम नगर्न सक्छ । सफ्टवेरलाई हामी
विभिन्न प्रोग्रामिङ भाषा(Programming
Language)को
प्रयोग गरेर प्रोग्रामिङ गर्न सक्छौं ।
प्रोग्रामिङ भाषाको प्रयोग गरेर हामी सफ्टवेर लेख्छौं अर्थात कुन-कुन
अवस्थामा के-के
गर्ने भनेर आदेशहरुको जञ्जाल बनाउँछौं । प्रोग्रामिङ भाषा,
आफै पनि एउटा प्रोग्राम हो । सयौं प्रोग्रामिङ भाषाहरु हाम्रा सामु
उपलब्ध छन् । ती मधये कुनै एउटा छानेर हामी सफ्टवेर बनाउन सक्छौं ।
केही महत्वपूण प्रोग्रामिङ भाषाहरु हन्
–
C,
C++, Sun Java, Pascal, Cobal, Fortain
आदी ।
प्रोग्रामिङ भाषाहरुलाई तीन भागमा विभाजन गर्न सक्छौं । ती हुन् :-
१.
(Machile Level)
मेसिन भाषा
२.
(Assembly)
एसेम्ली भाषा
३.
(High Level)
उच्च स्तरको भाषा
मेसिन भाषा भनेको त्यो भाषा हो जसलाई सुसाङ्ख्यले सोझै बुझ्छ । यो
सुसाङ्ख्यको लागि मातृभाषा जस्तै हो । हामीलाई थाहै छ सुसाङ्ख्यको
भाषा भनेको बाइनरी भाषा हो जुन
1
र
0
को प्रयोगले बनेको हुन्छ । यो भाषा सुसाङ्ख्यले सोझै बुझे पनि
हामीलाई भने लेख्न र बुझ्न हम्मे नै पर्छ ।
एसेम्ली भाषा
1
र
0
नभई अङ्ग्रेजी भाषा र त्यसको संक्षेपरुपको प्रयोग गरेर लेखिन्छ ।
त्यसैले यो मेसिन भाषाको तुलनामा हाम्रो लागि सहज हुन्छ । तर,
फेरि यो भाषा सुसाङ्ख्यले सोझै नबुझ्ने कारणले यसलाई सुसाङ्ख्यको
भाषामा रुपान्तर गर्न एसेम्लरको आवश्यकता पर्छ ।
एसेम्ली भाषा,
मेसिन भाषाको तुलनामा सजिलै भएपनि केही समस्या भने यसमा रहेकै हुन्छ
। जस्तै एउटा सानो काम गराउनको लागि हामीले थुप्रै आदेशहरु
लेख्नुपर्ने हुन्छ । यसको समाधानको रुपमा उच्च स्तरको भाषा अगाडि
आएको छ । यो भाषाको मद्दतले हामी थोरै आदेशको प्रयोग गरेर
सुसाङ्ख्यलाई धेरै काम गराउन सक्छौं । यो भाषा हामीले दैनिकरुपमा
प्रयोग गर्ने अंग्रेजी भाषा जस्तै हुन्छ । यो भाषा पनि सुसाङ्ख्यले
सोझै नबुझ्ने भएकाले यसलाई सुसाङ्ख्यले बुझ्ने ढंगमा रुपान्तर गर्न
(कम्पाइलर)
को आवश्यकता पर्छ । यो भाषाको विकासस“गै
सफ्टवेर निर्माण तर्फमान्छेहरुको आकर्षा निकै बढेको छ । यसले सफ्टवेर
निर्माणलाई निकै सहज बनाएको छ र सूचना प्रविधिको क्षेत्रमा क्रान्ति
नै ल्याइदिएको छ ।
इन्टरनेटको अभुतपूर्व प्रगतिमा उच्चस्तरका प्रोग्रामिङ भाषाको पनि
निकै ठूलो हात रहेको छ ।
Javaभन्ने
भाषाको जन्म पछि त इन्टरनेटको क्षेत्रमा निकै ठूलो हलचल नै आएको छ ।
हामीले हेर्ने वेवसाइटहरु पनि प्रोग्रामिङ भाषाकै प्रयोग गरेर
लेखिन्छ । Hyper Text Markup
Language HTML
वेव पेज निर्माणको धरातल हो । वेव पेज निर्माणगर्न लेखिने भाषाहरुलाई
(स्कृप्ट)
भन्दछन् । VB Script, JAVA
Script
चर्चित स्कृप्ट हुन् । तिनको प्रयोग गरेर हामी शक्तिशाली
वेबसाइटहरुको निर्माण गर्न सक्छौं,
जसको बारेमा आगामी अंकमा जानकारी लिनेछौं ।
|