Ketaketi.org

Year 2

Font Problem

 
 

STORY: Ramailo Yatra
BY: Navaraj Rijal

FONT PROBLEM!

We have used Nepali Unicode font. If the text is not readable then please download the font. Click here to download it.

रमाइलो यात्रा

नवराज रिजाल

राकेश मजुवादेउरालीमा बस्थ्यो । बा त्यहींको स्वास्थ्य चौकीमा काम गर्नुहुन्थ्यो । दीपिका, उर्मिला, रमा, मालती, प्रक्रिया, प्रल्हाद र प्रकाश उसका मनमिल्ने साथीहरु थिए । बा कहिलेकाहिँ बजार डुलाउन पनि लानुहुन्थ्यो । पहिलोपटक देखेका र नाम नजानेका वस्तुहरुको बारेमा ऊ खुवै जिज्ञासा राख्थ्यो । उहाँ प्रत्येक प्रश्नको उत्तर दिनुहुन्थ्यो । उ द· पथ्र्यो । खुसी हुन्थ्यो । र एकान्तमा पनि रमाउँथ्यो ।

मन्दिर, आफन्तहरु र स्थानीय सङ्घ-संस्थाहरुको बैठक जहाँ जाँदा पनि बाको पछि लाग्थ्यो । विभिन्न ठाउँहरुमा घुम्न डुल्न पाउँदा दङ्ग पर्थो। साथीहरुलाई बाले दिएको मायाको बखान गथ्र्यो । साथीहरु त्यस्तो कुरा सुनेर डाढसमेत गर्थे । "हाम्रा बाले पनि उसको बाले जस्तै माया गरे कस्तो हुन्थ्यो हगि ?" एक आपसमा  गफिन्थे ।

"तिम्रो जिल्लाको ऐतिहासिक र धार्मिक महत्वका दुइ ठाउँको नाम भन त," एक दिन नेपाली पढाउने गुरुले कक्षामा सोध्नुभयो । कसैले पनि बताउन सकेनन् । "जिल्लाको मात्र हैन देशभरिकै महत्वपूण ठाउँहरुको बारेमा पनि जानिराख्नुपर्छ । अर्को दिन थाहा पाउनेहरुसँग सोधखोज गरेर आउनु ।" सामूहिक रुपमा सबैलाई निर्देश गरी उहाँ कक्षा कोठाबाट बाहिरिनु भयो ।

सबैको मनमा उत्सुकता थपियो । "कसरी थाहा पाउने होला ?" आमासँग सोध्छु रमाले भनी । "मलाई त भाउजुले बताइदिनु हुन्छ" मालतीले सुनाई । "खै हजुरआमालाई थाहा छ कि ?" प्रकृयाले अव्यवस्थित पाराले भनी । "मलाई त मामाले सिकाइदिनु हुन्छ" प्रल्हादले ढुक्क भएर भन्यो । प्रकाश र दीपिकाले केही पनि   भनेनन् । केवल साथीहरुका कुरा सुनिरहे ।

अर्को दिनको कक्षामा गुरुले नेपालका प्रख्यात धार्मिक स्थलहरुमध्येको गढीमाईको बारेमा बताउनुभयो । सबैले रमाइलो मानेर सुने । "कस्तो होला गढीमाईको मन्दिर" तिनीहरुको मनमा कौतूहलता जन्मियो । उहाँले नै भन्नुभयो, "त्यहाँ प्रत्येक पाँच-पाँच वर्षा भव्य मेला लाग्छ । लाखौं मानिसहरु मेला भर्न आउँछन् । हजारौंको संख्यामा राँगा र बोकाहरु काटिन्छन् । संसारमा सबैभन्दा बढी बलि दिइने थोरै देवस्थलहरुमा यसको नाम पनि आउँछ । त्यो पाँच-पाँच वर्षा मेला लाग्ने वर्षअहिले हो ।"

राकेशले बालाई मेला भर्न जाउँ है बा भनेर धेरै करकर गर्यो । यस्तै करकर प्रकृया, दीपिका, उर्मिला, रमा, मालती, प्रकाश र प्रल्हादहरुले पनि गरे । तर कसैका बाले पनि छोराछोरीका बोलीमा साथ दिइरहनुभएको थिएन । तथापि उनीहरुमा जीवित रहर थियो त्यो मेला हेर्ने । केही दिनपछि विद्यालयको प्राङ्गणमा अभिभावक भेला भयो । सबै अभिभावकहरुको सुझाउ र सल्लाहबमोजिम आठमा पढ्ने छात्रछात्रालाई लिएर प्रधानाध्यापक गढीमाईको मेला भर्न जाने हुनु भयो । राकेशसहित उसका साथीहरु दङ्ग परे ।

तिनीहरुलाई बोकेर हिंडेको बस पहिलो दिन नारायणघाटमा र दोस्रो दिन कलैयामा बास बस्यो । बस गढीमाईमै पुग्थ्यो तर सबैजना कलैया बजारमा राकेशको बाको साथी मगरुको घरमा बसे । भोलिपल्ट सबेरै तिनीहरु पैदलै बरियापुरको लागि हिडे । बाटामा मान्छेहरुको लस्कर देखिन्थ्यो । यातायातका साधनहरु पनि त्यतिकै थिए । कतै खाली थिएन । राकेशको बासंगै विद्यालयका प्रधानाध्यापक र अन्य दुइजना शिक्षकहरु पनि हुनुहुन्थ्यो । बत्तीस विद्यार्थी र तीनजना शिक्षकको टोली घरबाट हिँडेको पर्सिपल्ट बिहान दस बजे बरियापुर पुग्यो ।

मन्दिर असाध्यै घुइँचो थियो ।"दर्शन भोलि गरौं" राकेशको बाले प्रस्ताव राख्नुभयो । "हुन्छ" प्रधानाध्यापकले टाउको हल्लाउंदै भन्नुभयो । "कि आजै गर्ने" उहाँले विद्यार्थीहरुतिर फर्किएर सोध्नुभयो । "हैन, भोलि नै गर्ने" दीपिका र मालतीले भने । अहो ! कति धेरै मान्छेहरु, कति राँगा-बोका ढालिएका, परेवा उडेका र कुखुराहरु काटिएका छक्क परे । पहिले त्यस्तो कहिल्यै देखेका थिएनन् । मान्छेहरुका पहिरन बेग्लै थियो । विभिन्न खेल, तमासा, पसल, भेषभूषा, आवतजावत र यातायातका साधनहरु दङ्ग पर्दै हेरिरहे ।

एकरात स्थानीय शिक्षककै घरमा बसे । राकेशको बाका साथी भएकाले ती शिक्षकले उनीहरुलाई सहयोग गर्नुभयो । गढीमाईको मेलामा त्यहाँको विद्यालय बन्द हुने भएकाले विद्यार्थीहरुलाई भेट्न भने सकेनन् । र्फकने बेलामा प्रधानाध्यापकले आफ्नो जिल्लामा रहेको धार्मिक स्थल मनकामना र ऐतिहासिक स्थल गोरखा दरबार हेर्न आउने निम्ता दिनुभयो । ती शिक्षकले पनि त्यो निमन्त्रणा स्वीकार गर्नुभयो ।

६ दिनको यात्रापछि त्यो टोली गोरखा फर्कियो । वरियारपुरमा आफूले देखेका, खाएका र सुनेका कुराहरु विद्यार्थीहरुले धेरै दिनसम्म एकअर्कालाई सुनाइरहे । आफ्ना विद्यार्थीहरुलाई नयाँ ठाउँ देखाउन पाएकोमा प्रधानाध्यापक पनि सन्तुष्ट देखिनुहुन्थ्यो । विद्यार्थीहरु पनि मक्ख थिए । शिक्षक र विद्यार्थीहरुलाई एक साथ सहयोग गर्न पाएकामा राकेशका बा अझै प्रफुल्लित हुनुभएको थियो ।

"अहिले आठ कक्षालाई लगें । अर्कोवर्षआठ र दशलाई लानुपर्ला ।" प्रार्थना गर्ने लाममा उभिएका विद्यार्थीहरुलाई प्रधानाध्यापकले सुनाउनुभयो । "हुन्छ सर", सबैले एकै आवाजमा सहमतिको शिर हल्लाउँदै तालि बजाए ।

Index of issue 10

Ý Top

 
© BSOFT NEPAL PVT. LTD. & Children's Literature Foundation Nepal (CLFN), All Rights Reserved
childacademy@gmail.com
Designed by Bibhor Baral for BSOFT Nepal Pvt. Ltd.