|
रमाइलो यात्रा
नवराज रिजाल |
राकेश मजुवादेउरालीमा बस्थ्यो । बा त्यहींको स्वास्थ्य चौकीमा काम
गर्नुहुन्थ्यो । दीपिका,
उर्मिला,
रमा,
मालती,
प्रक्रिया,
प्रल्हाद र प्रकाश उसका मनमिल्ने साथीहरु थिए । बा कहिलेकाहिँ बजार
डुलाउन पनि लानुहुन्थ्यो । पहिलोपटक देखेका र नाम नजानेका
वस्तुहरुको बारेमा ऊ खुवै जिज्ञासा राख्थ्यो । उहाँ प्रत्येक
प्रश्नको उत्तर दिनुहुन्थ्यो । उ द·
पथ्र्यो । खुसी हुन्थ्यो । र एकान्तमा पनि रमाउँथ्यो ।
मन्दिर,
आफन्तहरु र स्थानीय सङ्घ-संस्थाहरुको
बैठक जहाँ जाँदा पनि बाको पछि लाग्थ्यो । विभिन्न ठाउँहरुमा घुम्न
डुल्न पाउँदा दङ्ग
पर्थो। साथीहरुलाई बाले दिएको मायाको बखान गथ्र्यो । साथीहरु त्यस्तो
कुरा सुनेर डाढसमेत गर्थे ।
"हाम्रा
बाले पनि उसको बाले जस्तै माया गरे कस्तो हुन्थ्यो हगि
?"
एक आपसमा
गफिन्थे ।
"तिम्रो
जिल्लाको ऐतिहासिक र धार्मिक महत्वका दुइ ठाउँको नाम भन त,"
एक दिन नेपाली पढाउने गुरुले कक्षामा सोध्नुभयो । कसैले पनि बताउन
सकेनन् ।
"जिल्लाको
मात्र हैन देशभरिकै महत्वपूण ठाउँहरुको बारेमा पनि जानिराख्नुपर्छ ।
अर्को दिन थाहा पाउनेहरुसँग सोधखोज गरेर आउनु ।"
सामूहिक रुपमा सबैलाई निर्देश गरी उहाँ कक्षा कोठाबाट बाहिरिनु भयो ।
सबैको मनमा उत्सुकता थपियो ।
"कसरी
थाहा पाउने होला
?"
आमासँग सोध्छु रमाले भनी ।
"मलाई
त भाउजुले बताइदिनु हुन्छ"
मालतीले सुनाई ।
"खै
हजुरआमालाई थाहा छ कि
?"
प्रकृयाले अव्यवस्थित पाराले भनी ।
"मलाई
त मामाले सिकाइदिनु हुन्छ"
प्रल्हादले ढुक्क भएर भन्यो । प्रकाश र दीपिकाले केही पनि
भनेनन् । केवल साथीहरुका कुरा सुनिरहे ।
अर्को दिनको कक्षामा गुरुले नेपालका प्रख्यात धार्मिक स्थलहरुमध्येको
“गढीमाई”को
बारेमा बताउनुभयो । सबैले रमाइलो मानेर सुने ।
"कस्तो
होला गढीमाईको मन्दिर"
तिनीहरुको मनमा कौतूहलता जन्मियो । उहाँले नै भन्नुभयो,
"त्यहाँ
प्रत्येक पाँच-पाँच
वर्षा भव्य मेला लाग्छ । लाखौं मानिसहरु मेला भर्न आउँछन् । हजारौंको
संख्यामा राँगा र बोकाहरु काटिन्छन् । संसारमा सबैभन्दा बढी बलि
दिइने थोरै देवस्थलहरुमा यसको नाम पनि आउँछ । त्यो पाँच-पाँच
वर्षा मेला लाग्ने वर्षअहिले हो ।"
राकेशले बालाई मेला भर्न जाउँ है बा भनेर धेरै करकर गर्यो
। यस्तै करकर प्रकृया,
दीपिका,
उर्मिला,
रमा,
मालती,
प्रकाश र प्रल्हादहरुले पनि गरे । तर कसैका बाले पनि छोराछोरीका
बोलीमा साथ दिइरहनुभएको थिएन । तथापि उनीहरुमा जीवित रहर थियो त्यो
मेला हेर्ने । केही दिनपछि विद्यालयको प्राङ्गणमा अभिभावक भेला भयो ।
सबै अभिभावकहरुको सुझाउ र सल्लाहबमोजिम आठमा पढ्ने छात्रछात्रालाई
लिएर प्रधानाध्यापक ‘गढीमाई’को
मेला भर्न जाने हुनु भयो । राकेशसहित उसका साथीहरु दङ्ग
परे ।
तिनीहरुलाई बोकेर हिंडेको बस पहिलो दिन नारायणघाटमा र दोस्रो दिन
कलैयामा बास बस्यो । बस ‘गढीमाई’मै
पुग्थ्यो तर सबैजना कलैया बजारमा राकेशको बाको साथी मगरुको घरमा बसे
। भोलिपल्ट सबेरै तिनीहरु पैदलै बरियापुरको लागि हि“डे
। बाटामा मान्छेहरुको लस्कर देखिन्थ्यो । यातायातका साधनहरु पनि
त्यतिकै थिए । कतै खाली थिएन । राकेशको बासंगै विद्यालयका
प्रधानाध्यापक र अन्य दुइजना शिक्षकहरु पनि हुनुहुन्थ्यो । बत्तीस
विद्यार्थी र तीनजना शिक्षकको टोली घरबाट हिँडेको पर्सिपल्ट बिहान दस
बजे बरियापुर पुग्यो ।
मन्दिर असाध्यै घुइँचो थियो ।"दर्शन
भोलि गरौं"
राकेशको बाले प्रस्ताव राख्नुभयो ।
"हुन्छ"
प्रधानाध्यापकले टाउको हल्लाउंदै भन्नुभयो ।
"कि
आजै गर्ने"
उहाँले विद्यार्थीहरुतिर फर्किएर सोध्नुभयो ।
"हैन,
भोलि नै गर्ने"
दीपिका र मालतीले भने । अहो
!
कति धेरै मान्छेहरु,
कति राँगा-बोका
ढालिएका,
परेवा उडेका र कुखुराहरु काटिएका छक्क परे । पहिले त्यस्तो कहिल्यै
देखेका थिएनन् । मान्छेहरुका पहिरन बेग्लै थियो । विभिन्न खेल,
तमासा,
पसल,
भेषभूषा,
आवतजावत र यातायातका साधनहरु दङ्ग
पर्दै हेरिरहे ।
एकरात स्थानीय शिक्षककै घरमा बसे । राकेशको बाका साथी भएकाले ती
शिक्षकले उनीहरुलाई सहयोग गर्नुभयो । गढीमाईको मेलामा त्यहाँको
विद्यालय बन्द हुने भएकाले विद्यार्थीहरुलाई भेट्न भने सकेनन् ।
र्फकने बेलामा प्रधानाध्यापकले आफ्नो जिल्लामा रहेको धार्मिक स्थल
‘मनकामना’
र
ऐतिहासिक स्थल ‘गोरखा
दरबार’
हेर्न आउने निम्ता दिनुभयो । ती शिक्षकले पनि त्यो निमन्त्रणा
स्वीकार गर्नुभयो ।
६
दिनको यात्रापछि त्यो टोली गोरखा फर्कियो । वरियारपुरमा आफूले देखेका,
खाएका र सुनेका कुराहरु विद्यार्थीहरुले धेरै दिनसम्म एकअर्कालाई
सुनाइरहे । आफ्ना विद्यार्थीहरुलाई नयाँ ठाउँ देखाउन पाएकोमा
प्रधानाध्यापक पनि सन्तुष्ट देखिनुहुन्थ्यो । विद्यार्थीहरु पनि मक्ख
थिए । शिक्षक र विद्यार्थीहरुलाई एक साथ सहयोग गर्न पाएकामा राकेशका
बा अझै प्रफुल्लित हुनुभएको थियो ।
"अहिले
आठ कक्षालाई लगें । अर्कोवर्षआठ र दशलाई लानुपर्ला ।"
प्रार्थना गर्ने लाममा उभिएका विद्यार्थीहरुलाई प्रधानाध्यापकले
सुनाउनुभयो ।
"हुन्छ
सर",
सबैले एकै आवाजमा सहमतिको शिर हल्लाउँदै तालि बजाए ।
|