|
जसले हाँसी,
हाँसी
बलिदान दिए
देशको स्वतन्त्रताका लागि मरिमेटे
तीनै शहिदका त्याग र तपस्याले
तिनिहरुकै आन्दोलन र बलिदानले
देशमा खोसिएको जनताका अधिकार
जनताका माझमा आयो
नौलो नयाँ
सुरुवात ल्यायो ।
हामीले सहिदले देखाएको बाटोमा हिड्नुपर्दछ
देशमा उन्नति गर्न सिक्नुपर्दछ
तब
र्सार्थक हुन्छ,
गरिएको सहिदको सम्झना,
सहिद दिवशको दिन,
व्यक्तिगत स्वार्थलाई त्यागेर
सहिदका सपना साकार पार्ने प्रण गर्नुपर्छ
अनिमात्र हुन्छ साँचो
सहिदको सम्झना
यदि
सहिदप्रति त्रिम्रो
साँचो
श्रद्धाञ्जली छ भने देशका लागि मर,
यदि
यस भूमिको माया छ भने देशका लागि केही गर ।
|