|
 |
प्रतिभाशाली बालिका अन्जली
प्रस्तुतिः-
बिप्लबी बराल |
बुवा गोविन्द र आमा भगवतीकी सुपुत्री अन्जली घिमिरे प्रतिभाशाली
बालिका हुन् ।
Anjali with trophy |
अध्ययनमा सँधै प्रथम हुँदै आएकी उनी मिलन विद्या मन्दिरमा कक्षा-८
मा पढ्छिन् ।
गायन-नृत्य
र साहित्य लेखनमासमेत विलक्षण बालिकाको रुपमा परिचित उनले भानु
जयन्तीमा आयोजित उपत्यकाव्यापी आँसु कविता प्रतियोगितामा प्रथम स्थान
हासिल गरे पछि सवैको स्यावासी पाउन सफल भइन् ।
with her family |
विद्यालय स्तरीय,
उपत्यकाव्यापी र राष्ट्रिय स्तरका प्रतियोगिताहरुमासमेत उत्कृष्ट
भई एक दर्जन भन्दा बढी पुरस्कार हासिल गर्न सफल अन्जली आफ्नो
प्रेरणा आफ्नो बुवालाई मान्छिन् । उनी आफ्नो रचनामा मानवीय
पीडालाई व्यक्त गर्ने कुरा बताउँछिन् ।
आफ्नो मनका भित्री भावना प्रस्तुत गर्न साहित्य लेख्ने
गरेको कुरा बताउने उनी आफ्नो भविष्यको लक्ष्य डाक्टर बन्नु रहेको
कुरा बताउँछिन् । उनको साहित्य र गायनका क्षेत्रमा पनि आफ्नो नाम
चम्काउने लक्ष्य रहेको छ ।
आफ्ना साथीहरुलाई जीवनमा कहिल्यै पछि नपर्नु,
संधै आफूभित्रको प्रतिभालाई उजागर गरी अघि बढ्नु भन्ने सन्देश दिन
चाहने अन्जली देशमा शान्ति चाँडै आउनुपर्छ । अनि मात्र सवैको भविष्य
सुन्दर हुन्छ भन्ने धारणा राख्छिन् ।
with her friends |
आफ्ना कविताहरुमा वर्तमान हिंसामय परिवेशका पीडाहरुलाई समेट्न सिपालु
उनको साहित्य लेखनको खूबी र गायकीय प्रतिभा विलक्षण रहेको कुरा उनका
शिक्षकहरु बताउँछन् ।
|